नदीमा डुबेर २ बालकको मृत्यु
कैलाली । नुहाउने क्रममा नदीमा डुबेर कैलालीमा आज २ बालकको मृत्यु भएको छ ।
कैलालीको घोडाघोडी नगरपालिका १२ शिबपुरका ११ बर्षिय सचिन चौधरी र १४ अनिश चौधरीको नदीमा डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायव उपरीक्षक दक्ष बस्नेतले जानकारी दिनु भएको छ ।
घर नजिकैको नदीमा नुहाउन गएका उनीहरुको घटनास्थलमै मृत्यु भएको थियो ।







प्रतिक्रिया राख्नुहोस्