तपाईँ सुन्दै हुनुहुन्छः

दशगजा क्वारेन्टाइनमा बसेका १ सय ८१ जनालाई घर पठाइयो

नेपालगन्ज । लकडाउनका बेला भारतका विभिन्न सहरहरुबाट आएर बाँकेको नेपालगन्ज दशगजास्थित क्वारेन्टाइनमा बसेका १ सय ८१ जना नेपालीलाई आज घर पठाइएको छ ।

संघीय सरकारसंग समन्वय गरेर स्थानीय प्रशासनले २३ औं दिनमा उनीहरुलाई घर पठाएको हो । १५औं दिनमा आरडिटी विधिबाट कोरोना परिक्षण गरिएका उनीहरु सबैको रिपोर्ट नेगेटिभ आएको थियो ।

विभिन्न २६ जिल्लाका उनीहरुलाई आज गाडीको व्यवस्था गरेर घर पठाइएको प्रमुख जिल्ला अधिकारी कुमार बहादुर खड्काले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button