तपाईँ सुन्दै हुनुहुन्छः

झापाको धुलाबारी हेल्थपोष्टमा पीपीई क्याविनेट जडान

भद्रपुर, झापा । झापाको मेचीनगर नगरपालिकास्थित प्राथमिक स्वास्थ्य केन्द्र धुलाबारीमा कोरोनाको स्वाब संकलन गर्ने पीपीई अन्तरगतको क्याविनेट शनिबार जडान गरिएको छ ।

कोरोनाका आंशकाका विरामीको स्वास्थ्य परीक्षणका लागि राष्ट्रिय आविष्कार केन्द्रले उत्पादन गरेको पीपीई क्याविनेट मोरङको उर्लाबारीस्थित त्रिकाल फाउण्डेशन परिवारको संयोजनमा निःशुल्क जडान गरिएको राष्ट्रिय आविष्कार केन्द्रका पूर्वाञ्चल प्रतिनिधि युवराज अधिकारीले जानकारी दिनुभएको छ । क्याबिनेट ६५ हजार लागतमा निर्माण भएको हो ।

स्वास्थ्यकर्मीहरुसँग आवश्यकीय पीपीई समेत नहुँदा ज्यान जोखिममा राखेर स्वास्थ्य जाँच गर्नु परिरहेको बेला आविष्कार केन्द्रले उपलब्ध गराइदिएको पीपीई क्याविनेटकले चिकित्सक तथा स्वास्थ्यकर्मीहरुलाई काम गर्न सहज हुने मेचीनगर नगरपालिकाका प्रमुख विमल आचार्यले बताउनुभयो ।

उहाँले कोरोना आशंका गरिएका तथा अन्य रोगका बिरामीलाई समेत सेवा दिन सजिलो भएको बताउनुभयो ।

यो मेशिनबाट कोरोना महामारीपछि पनि क्षयरोग लगायातका विभिन्न प्रकारका विरामीका लागि परीक्षणमा प्रयोग गर्न सकिने बताइएको छ ।

यसअघि दमक, कनकाई र गौरादहमा जडान गरिसकिएको पीपीई क्याविनेट झापाका प्रायः सबै पालिकाका अस्पतालमा पुर्याउने योजना रहेको अधिकारीले बताउनुभयो ।

विशेष गरेर स्वास्थ्यकर्मीको सुरक्षाका लागि उक्त पीपीई क्यावेनट जडान गरिएको हो ।

कोरोना लगायतका विरामीलाई बाहिरबाट चेकजाँच गर्न सकिनेछ । क्यावेनट भित्र र बाहिर माइक र साउण्ड सिस्टम जडान गरिएको छ ।

त्यस्ले गर्दा डाक्टर र विरामी दुवै जनाले सुन्न सक्छन् । कोरोना संभावित विरामीलाई चिकित्सकले वुथ बाहिरैबाट ग्लोब र माइकको सहायताबाट चेकजाँच गर्न, सल्लाह सुझाव दिन र औषधि लेखिदिन सक्नेछन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button