तपाईँ सुन्दै हुनुहुन्छः

राष्ट्रपति कार्यालयबाट रु साँढे नौ करोड सञ्चित कोषमा जम्मा

काठमाडौं । राष्ट्रपतिको कार्यालयले आफ्ना लागि चालु आर्थिक वर्ष २०७६ । ०७७ मा विभिन्न शीर्षकअन्तर्गत विनियोजित बजेटमध्येबाट रु नौ करोड ५० लाख नेपाल सरकारको सङ्घीय सञ्चित कोषमा जम्मा गरेको छ ।

विश्वभर महामारीका रुपमा फैलिएको कोरोना भाइरस(कोभिड–१९) का कारण विशेष परिस्थिति उत्पन्न भएकाले उक्त रकम सो कोषमा जम्मा हुने व्यवस्था गरिएको कार्यालयका सहायक प्रवक्ता केशवप्रसाद घिमिरेले विज्ञप्तिमार्फत स्पष्ट गर्नुभएको छ ।
रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button