तपाईँ सुन्दै हुनुहुन्छः

गैँडा मृत भेटियो

चितवन। चितवनमा बुधबार एउटा गैँडा मृत भेटिएको छ । चितवन राष्ट्रिय निकुञ्जअन्तर्गत सुखीभार क्षेत्रको कोर इलाका चिसापानी भन्ने स्थानमा जमेको पानी (घोल) भित्र गैँडा मृत भेटिएको हो ।

निकुञ्जका सहायक संरक्षण अधिकृत प्रकाश उप्रेतीका अनुसार अन्दाजी २५ बर्षको भाले गैडा बुधबार दिउसो १ बजे मृत फेला परेको हो । उक्त भाले गैडा निकुञ्जको सुखीभार इलाकाको घोलमा जुधेर र वा घोलको दलदलमा फसेर मरेको अनुमान गरिएको छ ।

दिउँसो १ बजेको समयमा उक्त गैँडा मृतावस्थामा भेटिएको निकुञ्जका सहायक संरक्षण अधिकृत  उप्रेतीले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “बुढो अवस्थाको गैँडा घोलमा डुबेको रहेछ, उद्धार गर्न पुग्दा मृत्यु भइसकेको रहेछ ।” गैँडा मृत भेटिएको क्षेत्र गैँडाको पकेट क्षेत्रजस्तै हो । धेरैजसो निकुञ्जको गैँडा सुखीभार क्षेत्रमै छन् । उक्त भाले गैँडाको खाग र खुर भने सुरक्षित रहेको छ । चितवन राष्ट्रिय निकुञ्जमा चालू आर्थिक वर्षमा हाल २४ गैँडाको मृत्यु भएको छ ।

निकुञ्जको पछिल्लो गणना अनुसार यहांँ ६०५ गैंडा रहेका छन ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button