जुम्लाका सबै तहमा आरडिटी हुने
जुम्ला । जुम्लामा भारत तथा तेस्रो मुलुकबाट भित्रिएकाहरुको रेपिड डाइगोनोष्टिक टेष्ट गर्न स्वास्थ्यकर्मीको टोली खटिएको छ । यसअघि स्वाब लिन नसकेका र क्वारेन्टाइनमा नबसेका तथा विदेशबाट भित्रिएका सबैको कोरोना भाइरसको आरडिटी गर्न थालिएको हो ।
जनस्वास्थ्य कार्यालय जुम्लाका प्रमुख कृष्ण सापकोटा नेतृत्वको टोली हरेक स्थानीय तहको पायक पर्ने स्थानमा पुगेर द्रुत निदानात्मक परीक्षण गर्न थालिएको हो ।
जिल्लामा विदेशबाट भित्रिएकाहरुका कारण गाउँमा त्रास सिर्जना भइरहेको छ । गाउँमा आएर स्वास्थ्यकर्मीको टोलीले परीक्षण गर्न थालेपछि स्थानीयवासीमा खुशी छाएको तिला गाउँपालिका वडा नं १ की उमाकला सार्कीले बताउनुभयो ।
यसैबीच तातोपानी गाउँपालिकाका ६ स्वास्थ्य संस्थामा ६ –६ का दरले २४ थान पिपिई जनस्वास्थ्य कार्यालय जुम्लाले दिएकाले काम गर्न सजिलो हुने स्वास्थ्य शाखाले जनाएको छ ।
क्वारेन्टाइन खाली हुँदै
जुम्लामा एक नगरपालिकासहित सात गाउँपालिकाले कोभिड–१९ सङ्क्रमितका लागि तयार गरिएका २६६ शय्याको क्वारेन्टाइन खाली हुँदै गएको छ ।
तातोपानी गाउँपालिकाले ६४ शय्याको क्वारेन्टाइनमा १२ र हिमा गाउँपालिकाले ३० शय्याको क्वारेन्टाइनमा २० जनालाई राखेको स्वास्थ्य शाखा प्रमुख गुरुप्रसाद चौलागाईँले बताउनुभयो ।
अरु पालिकामा निर्माण भएका क्वारेन्टाइन सबै खाली हुँदै गएको सो पालिकाका स्वास्थ्य शाखाले जनाएको छन् ।
स्थानीय तहले तयार गरेको एकान्तावासको १४ दिनको अवधि पूरा गरेसँगै ३ २४ जना होम क्वारेन्टाइन बसेका छन् ।
सुरक्षाकर्मीले पाए पिपिई
नाग्म हेल्थ डेस्कमा खटिएका स्वास्थ्यकर्मी र सुरक्षाकर्मीले पिपिई पाएका छन् । हेल्थ डेस्क स्थापना भएको तेस्रो हप्तामा स्वास्थ्यकर्मी र सुरक्षाकर्मीले सुरक्षित स्वास्थ्य सामग्री पाएका हुन् ।
जनस्वास्थ्य सेवा कार्यालय जुम्लाले तिला र तातोपानी गाउँपालिकालाई १५ थान पिपिई वितरण गरेको कार्यालयले जनाएको छ ।
रासस







प्रतिक्रिया राख्नुहोस्