तपाईँ सुन्दै हुनुहुन्छः

४ हजार ४ सय २६ नमुना परीक्षण सम्पन्नः स्वास्थ्य मन्त्रालय

राजेन्द्र विक्रम शाही । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना संक्रमणको आशंका भएका व्यक्तिको नमुुना परीक्षणको दायरा फराकिलो बनाउने क्रममा हालसम्म ४ हजार ४ सय २६ वटा नमुना परीक्षण भएको जनाएको छ ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा ३ हजार ३ सय ९२ र काठमाडौं बाहिर ७ सय ४२ नमुना परीक्षण भएकोमा ९ जना बाहेक सबैको नतिजा नेगेटिभ आएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

आज मन्त्रालयमा आयोजित नियमित मिडिया ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले पछील्लो २४ घण्टाको अवधिमा ८ सय ९७ जनाको नमुना परीक्षण गरीएकोे जानकारी दिनुुभयो ।

प्रवक्ता डा.देवकोटाले काठमाडौं उपत्यकामा १५ जना र उपत्यका बाहिर ६७ जना गरी ८२ जना आइसोलेसनमा राखेर उपचार भइरहेको र देशभर ८ हजार ८२ क्वारेन्टाइनमा रहेका जानकारी दिनुुभयो ।

उहाँले सुुदुुरपिश्चमका सबै जिल्लामा र्यापिड डायग्नोष्टीक टेस्टका माध्यामबाट परीक्षण जारी रहेको बताउनुुभयो ।

स्वास्थ्य मन्त्रालयले आजबाट काठमाडौंको वीर अस्पतालबाट कोरोना परीक्षण शुुरु भएको र भोलीबाट टेकु अस्पतालमा पनि परीक्षण हुने जनाएको छ ।

कोरोना संक्रमित ८ जना व्यक्तिलाई आइसोलेसनमा राखेर उपचार भइरहेको र सबैको स्वास्थ्य अवस्था सामान्य रहेको मन्त्रालयले जनाएको छ ।

मन्त्रालयको निशुल्क कल सेन्टर १११५ र ११३३ मा पछिल्लो २४ घण्टामा आफ्नो जिज्ञासा राख्ने ३ हजार ४० जनालाई सेवा प्रदान गरेको जनाएको छ ।

हाम्रो स्वास्थ्य मोवाइल एप्लीकेशन र वेभपेजमा आफ्ना लक्षणका बारेमा जानकारी दिने मध्ये ५ जना रेड जोनमा परेकाले उनीहरुको बारेमा ट्रेसिङ थालिएको मन्त्रालयमा आयोजित मिडिया ब्रिफिङमा जानकारी गराइयो ।

कोरोना भाइरसको हाल सम्म कुुनै औषधी पत्ता नलागेको अवस्थामा फैलावट रोक्न सबैले लकडाउनको पालना गर्न मन्त्रालयले आग्रह गरेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button