तपाईँ सुन्दै हुनुहुन्छः

नारायणी अस्पतालका चिकित्सकहरूद्वारा सामूहिक राजीनामा

पर्सा । वीरगञ्जको नारायणी अस्पताल अहिले सुनसान छ । दैनिक सयौँको सङ्ख्याका बिरामीको उपचार गर्ने यो अस्पतालले अहिले देशभरकै बाँकी अस्पतालहरूको बहिरङ्ग सेवा पनि प्रभावित गरिरहेको छ । 

बिहानैदेखि पर्साको ग्रामीण भेगबाट उपचारका लागि आउने सेवाग्राही अहिले बिचल्लीमा परेका छन् । शनिबार स्वास्थ्यकर्मीमाथि भएको आक्रमणको विरोधमा सुरु भएको आन्दोलन थप चर्किएसँगै वीरगञ्जस्थित नारायणी अस्पतालका ६५ जना चिकित्सकले सामूहिक राजीनामा दिएका छन् । उनीहरूले निमित्त मेडिकल सुपरिन्टेन्डेन्ट डा. चित्तरञ्जन साहलाई सोमबार राति र मङ्गलवार दिउँसोसम्म सामूहिक राजीनामा बुझाएका हुन् ।

सोमबार साँझ जिल्ला प्रशासन कार्यालय पर्सामा प्रमुख जिल्ला अधिकारी भोला दाहालको उपस्थितिमा भएको वार्तामा आन्दोलनरत चिकित्सकहरूले प्रमुख जिल्ला अधिकारी र जिल्ला प्रहरी प्रमुख (एसपी) सुदीपराज पाठकको राजीनामा माग गरेपछि विवाद झन् चर्किएको थियो । वार्ता छाडेर निस्किन थालेका चिकित्सकहरूलाई एसपी पाठकले धक्कामुक्की गर्दै प्रजिअको कार्यकक्षमा लगेका चिकित्सकहरूको आरोप छ । 

गत शनिवार नारायणी अस्पतालको आकस्मिक कक्षमा उपचाररत एक बिरामीको मृत्यु भएपछि अस्पतालमा तोडफोड भएको थियो । सोही क्रममा ड्युटीमा रहेका डा. प्रमोद राममाथि निर्घात कुटपिट भएको थियो । कुटपिटबाट गम्भीर घाइते भएका डा.रामको अहिले काठमाडौँमा उपचार चलिरहेको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button