तपाईँ सुन्दै हुनुहुन्छः

मानवीय सहयोग प्रदान गर्न नेपाल–चीन तातोपानी नाका पून सञ्चालनमा : चीन

काठमाडौं । चीन सरकारले विश्वभर कोरोना भाइरस(कोभिड–१९) फैलिरहेका वर्तमान अवस्थामा नेपाललाई चाहिने मानवीय सहयोग प्रदान गर्न र नेपाल–चीन बीच रहि आएको मैत्रीपूर्ण सम्बन्धलाई थप प्रगाढ बनाउन तातोपानी नाका पून सञ्चालनमा ल्याएको बताएको छ ।

नेपालस्थित चिनियाँ दूतावासले जारी गरेको एक विज्ञप्तीमा, नेपाल सरकारले कोरोना भाइरसको उपचारार्थ चाहिने स्वास्थ सामाग्री तथा दैनिक उपभोग्य बस्तु चीनबाट आयातका लागी नाका खोल्न गरेको अनुरोधपछि एक तर्फी आवतजावत हुने गरी नाका सञ्चालनमा ल्याएको उल्लेख गरेको छ ।

उक्त नाकाबाट हाल व्यवस्थित रुपमा सामान आयात भइरहेको र नेपाल सरकारले लागू गरेको लकडाउनका कारण तातोपानी नाका बन्द गरियोे जारी विज्ञप्तीमा उल्लेख गरिएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button