तपाईँ सुन्दै हुनुहुन्छः

नेपाल एम्बुलेन्स सेवा र कोरोना क्राइसिस म्यानेजमेन्ट कमिटीबीच सम्झौता

कोरानाभाइरसको महामारीले विश्वलाई प्रभावित बनाइरहेको अवस्थामा नेपाल एम्बुलेन्स सेवा (नास) र नेपाल सरकारद्वारा गठित कोरोना क्राइसिस म्यानेजमेन्ट कमिटी (सीसीएमसी) बीच एम्बुलेन्स सेवाका लागि साझेदारी भएको छ ।

साझेदारी पत्रमा सीसीएमसीका संयोजक नेपाल सरकारका सचिव लक्ष्मण अर्याल र नेपाल एम्बुलेन्स सेवाका अध्यक्ष रञ्जीत आचार्यले साझेदारी पत्रमा हस्ताक्षर गर्नु भयो ।

त्यसै गरी स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहसचिव डा.श्री गुणराज लोहनी र का.म.पा.का प्रशासन विभाग प्रमुख नमराज ढकालले पनि साझेदारी पत्रमा हस्ताक्षर गर्नु भयो ।

यो सम्झौता पश्चात नासले कोरोनाका बिरामीहरु उपत्यका भित्र ओसार पसार गर्ने तथा डेडिकेटेड एम्बुलेन्स सेवा प्रदान गरेर नेपाल सरकारलाई सहयोग पुर्याउनेछ ।

त्यस कार्यका लागि सबै सुविधा सहितका नासका ५ वटा एम्बुलेन्स सञ्चालन गरिनेछ । जसमा इमर्जेन्सी मेडिकल टेक्निसियन, अन्य आवश्यक उपकरणहरु र स्वास्थ्यकर्मी र चालकलाई आवश्यक पर्ने पीपीई पनि उपलब्ध हुनेछ ।

साथै कोरोना सम्बन्धि बिरामीहरुको ओसारपसार सम्बन्धि अनुरोधहरु सबै निकायले हाल सञ्चालनमा भएको १२ नम्बरमा रिडाइरेक्ट गर्नेछन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button