तपाईँ सुन्दै हुनुहुन्छः

नारायणी अस्पतालमा थप २० बेडको आईसोलेसन वार्ड निर्माण

बिरगंज । बीरगंजको नारायणी अस्पतालमा थप २० बेडको आईसोलेशन वार्ड निर्माण भएको छ । यो सँगै नारायणी अस्पतालमा कोरोना संक्रमित बिरामीहरुको उपचार गर्नका लागि २५ बेडको आईसोलेश्सन वार्ड तयार भएको छ ।

नारायणी अस्पतालको आकस्मिक सेवा कक्षको माथिल्लो तल्लामा २० बेडको नयाँ आईसोलेसन वार्ड निर्माण भएको हो ।

पर्सा क्षेत्र नम्बर १ का सांसद प्रदिप यादवको नेतृत्वमा अलमुनियम र ग्लास बाट निर्मित २० बेडको आईसोलेसन वार्ड आज एक समारोहका विच नारायणी अस्पतालका मेडिकल सुपरिटेन्डेन्टलाई हस्तान्तरण गरिएको छ ।

वीरगन्जस्थित नारायणी अस्पताल बारा, पर्सा, रौतहट जिल्लाका बिरामीहरुको भरोसाको केन्द्र बिन्दु रहेको भएता पनि कतैबाट सहयोग नजुटेको अवस्थामा सांसद यादवको पहलमा २० बेडको आईसोलेसन वार्ड निर्माण पछि अब आउने कोरोनाका नयाँ विरामीको उपचारमा सहज हुने नारायणी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट मदन उपाध्यायले बताउनुभयो ।

मेडिकल सुपरिटेन्डेन्टकै आग्रह बमोजिम सांसद यादवले रुगंटा वेलफेयर सोसाइटी र जगदम्बा ग्रुप तथा लायंस क्लबको सहयोगमा २० बेड को आइसोलेसन वार्ड १० लाखको लागतमा निर्माण गरि अस्पताललाई हस्तान्तरण गर्नु भएको हो ।

आइसोलेसन वार्ड आजबाट पुर्णरुपमा सञ्चालनमा आएको सांसद यादवले बताउदै वीरगंजमा जनताको पक्षमा कुनै पनि काम आटेमा त्यो पुरा भएरै छाडने उदाहरण ३६ घण्टा भित्र निर्मित २० बेडको आईसोलेसनले देखाएको बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button