चीनबाट २ लाख पीपीई, १ लाख टेस्ट किट सहित ३० टन सामान आउँदै

काठमाडौं । चीन सरकारले नेपाल सरकारलाई कोरोना भाईरस परिक्षणमा खटिने स्वस्थ्यकर्मीलाई प्रयोग गर्न २ लाख पर्सनल प्रोटेक्टिभ इक्विपमेन्ट (पीपीई), पीसीआर टेस्ट किट एक लाख, भीटीएम एक लाख, एन ९५ मास्क डेढ लाख थान, ल्याबसहितको एम्बुलेन्स १० थान, मोबाइल एम्बुलेन्स ५ थान समेत पठाउन लागेको चीन स्थित नेपाली दूतावासले जनाएको छ ।
चीन सरकारले नेपाल सरकारलाई उपलब्ध गराउने कोरोना भाईरस नियन्त्रण सामाग्रीहरु चीनका विभिन्न ठाउँबाट सिचुवानको छेन्दुमा संकलन गरी काठमाडौं ल्याउने तयारी भईरहेको छ । चीनका लागि कार्यवहाक राजदूत सुशील लम्सालले चिनियाँ पक्षले नै विभिन्न स्थानबाट सामग्री संकलन ३० टन सामग्री उपलब्ध गराउन लागेको बताउनुभयो ।
नेपालले कोरोना भाइरस संक्रमण रोकथामका लागि एक साता लामो लक डाउनको घोषणा गरेलगत्तै नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले नेपाल ल्याउने चिकित्सा सामग्रीका लागि संयोजन भइरहेको पनि बताउनु भएको छ ।
हाल आवश्यक स्वस्थ्य सामाग्रीको अभावमा कोरोना भाईरसको परिक्षणमा समस्या भएको स्वस्थय्कर्मीहरुले बताउदै आएका छ्न ।







प्रतिक्रिया राख्नुहोस्