तपाईँ सुन्दै हुनुहुन्छः

कोरोनाको उच्च संक्रमण भएका ८ देशबाट आउनेले १४ दिन क्यारेन्टाईनमा बस्नुपर्नेे

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपालमा हाल सम्म कोरोना भाइरस (कोभिड –१९) को संक्रमण प्रवेश नगरेको स्पष्ट पारेको छ ।

मन्त्रालयले आज काठमाडौमा पत्रकार सम्मेलन गरी कोरोना भाईरस संक्रमणको आशंकामा हाल सम्म परीक्षण गरिएका नमूनाहरू मध्ये सुरूवातमा भेटिएको एक जना बाहेक अन्य व्यक्तिमा संक्रमण नभेटिएको स्पष्ट पारेको हो ।

कोरोनाको आशंकामा राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा हाल ४ सय ५० को नमूना परीक्षण गरिएको र ६ जना आईसोलेसनमा रहेको मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले पत्रकार सम्मेलनमा जानकारी दिनुभयो ।

आईसोलेसनमा रहेका मध्ये ४ जना शुक्रराज ट्रपिकल तथा सरूवा रोग अस्पताल तथा २ जना पाटन अस्पतालको आईसोलेसन बेडमा रहेको प्रवक्ता देवकोटाले बताउनुभयो ।

पत्रकार सम्मेलनमा मन्त्रालयका सचिव यादव कोईरालाले नेपालमा कोरानाको संक्रमण प्रवेश गर्न नदिन विश्व स्वास्थ्य संगठनले निर्धारण गरेका सबै सर्तहरू पूरा गरेको उच्च सतर्कता अपनाईएका बताउनुभयो ।

सचिव कोईरालाले कोरोनाको उच्च संक्रमण भएका ८ देशहरू चीन, ईरान, ईटली, दक्षिण कोरिया, जापान र फ्रान्सबाट नेपाल आउने सबैलाई १४ दिन क्यारेन्टाईनमा बस्नुपर्ने व्यवस्था गरेको र ती देश बाट आउने नेपाली बाहेक सबैलाई कोरोना संक्रमण नभएको पुष्टि हुने प्रमाण पेश गर्न अनिवार्य गरेको जानकारी दिनुभयो ।

सचिव कोईरालाले कोरोना भाईसरका सन्दर्भमा समाजमा विभिन्न भ्रम तथा हल्लाहरू फैलन नदिन सबैले सचेतता अपनाउन समेत आग्रह गर्नुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button