पर्साका ग्रामिण क्षेत्रका सडक फेरि खुला शौचालयमा परिणत

बीरगंज । पर्साको ग्रामिण क्षेत्रका सडकहरु फेरि खुला शौचालय बनेका छन् । पर्साको विन्दवासिनी, पोखरीया, जिराभवानी, ठोरी र पटेर्वा सुगौली, सखुवाप्रसौनी गाउँपालिकाका प्राय सडकहरु अहिले खुला शौचालयको रुपमा परिणत भएका छन् ।
साँझ पर्न नपाउदै सडकहरुमा महिला, बाल बालिकादेखि अभिभावकहरु समेत सुनसान सडकमा दिशा पिसावको लागि जाने गरेको भेटिएको छ ।
खुला दिशा मुक्त घोषणापछि यसको अनुगमन नहुँदा समस्या भएको स्वयं जनप्रतिनिधिहरु बताउछन ।
पोखरीया नगरपालिका नगरप्रमुख दिपनारायण रौनियारले लामो समयदेखि लागेको बानी छुटाउन गाह्रो भएको र सार्वजनिक सडकमा शौचालय गर्नेहरुको पछि लाग्न नसक्ने बताउनुभयो ।
नियममा कडा कारवाही गर्ने उल्लेख गरिएको भए पनि हालसम्म कुनै गाउँपालिकाले सार्वजनिक सडकमा दिशा पिसा गर्नेलाई कडा कारवाही नगर्दा समस्या भएको जनाईएको छ ।
खुला दिशा मुक्त गाउँपालिका, नगरपालिका, जिल्ला र देशलाई घोषणा गरेको भए पनि मानिसको व्यवहारमा परिवर्तन ल्याउन नसक्दा घरमा शौचालय भएर पनि सार्वजनिक सडकमा दिशा पिसाव गर्नेको संख्या फेरि बढदै गएको छ । यस तर्फ सम्बन्धित निकाय गम्भिर हुनु पर्ने देखिएको छ ।








प्रतिक्रिया राख्नुहोस्