दार्चुलाका उच्च भुभागमा हिमपात

दार्चुला । बिहिबारदेखि मौसममा आएको परिवर्तनले दार्चुलाका उच्च भुभागमा हिमपात भएको छ । लगातारको बर्षाले शुक्रबार रातीदेखि हिमपात भएको हो ।
जिल्लाका व्याँस, अपिहमाल, मार्मा, दुहुँँ र नौगाड गाउँपालिकाका केही भुभागमा हिउँ परेको छ ।
चौथोपटक हिमपात हुँदा यहाँको जनजीवन कष्टकर बनेको स्थानीयले बताएका छन् ।
हिमपातले चिसो बढ्नुका साथै गाईबस्तुहरुलाई पनि समस्या भएको अपिहिमालका योगेन्द्र धामीले बताउनुभयो ।
बर्षा र हिमपातसंगै हुँदा चिसोले बाहिर निस्कन समस्या भएको छ । यस क्षेत्रका मानिसहरु भेडाबाख्रा चराउन लेकतिर जाने गर्दछन् । लेकमा हिम परेपछि उनिहरुलाई समस्या परेको छ ।
लगातारको हिमपातले गहुँ बालीमा असर पर्ने भन्दै यहाँका किसानहरु चिन्तित भएका छन् ।








प्रतिक्रिया राख्नुहोस्