तपाईँ सुन्दै हुनुहुन्छः

मोटरसाइकलको ट्यांकीमा राखिएको साढे आठ किलो चाँदी बरामद

नेपालगञ्ज । बाँके प्रहरीले आठ किलो पाँच सय ग्राम चाँदीसहित भारतीय नागरिकलाई पक्राउ गरेको छ । मोटरसाइकलको ट्यांकीमा लुकाएर चाँदी तस्करी गरिरहेको सूचनाका आधारमा प्रहरीले आज भारतीय नागरिक अलिब सलमानीलाई पक्राउ गरेको हो ।

वडा प्रहरी कार्यलय नेपालगञ्जका प्रमुख हरिबहादुर बस्नेत नेतृत्वको टोलीले सलमानीले प्रयोग गर्दै आएको मोटरसाइकलको ट्यांकीबाट आठ किलो पाँच सय ग्राम चाँदी बरामद गरेको हो ।

यूपी ०३२ जेपी ३८८८ नम्बरको पल्सर मोटरसाइकल खानतलासी गर्ने क्रममा ट्यांकीमा लुकाइराखेको चाँदी बरामद गरिएको वडा प्रहरी प्रमुख बस्नेतले जानकारी दिनुभयो ।

पक्राउ परेका सलमानीलाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय बाँकेमा राखिएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button