तपाईँ सुन्दै हुनुहुन्छः

नेपाल–भारतका सुरक्षा अधिकारीहरुकाे बैठक शुरु

दार्चुला। नेपाल–भारत अधिकारीहरुको समन्वय समितिको बैठक नेपालकाे बैतडीमा शुरु भएकाे छ । भारतसँग सीमा जोडिएका सुदूरपश्चिम प्रदेशका पहाडी जिल्ला दार्चुला, बैतडी र भारत भारतको उत्तराखण्डको पिथौरागढको संयुक्त बैठक नेपालको बैतडीमा शुरु भएकाे हो ।

बैठकमा विभिन्न ६ वटा एजेण्डामा रहेर छलफल शुरु गरिएको छ । बैठकमा सीमा क्षेत्रमा हुने अवैध तस्करी, अपराध, सीमा सुरक्षा, खोतीला पहिरो, दार्चुला र धारचुला जोड्ने मोटरबल पूल निर्माण, लगायतका एजेण्डा माथि छलफल हुँदैछ । दार्चुलाले बैठकमा व्यासमा हुने काठ तस्करी, मोटरबल पूल निर्माण पायक पर्ने स्थानमा निर्माणको लागि छलफल हुने छ । यस्तै भारतबाट नेपालमा निर्यात हुने ड्रक्स, अवैध गर्भपतनका औषधी नियन्त्रण गर्ने तथा दुवै क्षेत्रमा संयुक्त सीमा सुरक्षा अनुगमन लगायतको विषयमा छलफल गरिने प्रमुख जिल्ला अधिकारी यदुनाथ पौडेलले बताउनुभयो ।

बैठकमा भारतको दार्चुलाका प्रमुख जिल्ला अधिकारी यदुनाथ पौडेल, बैतडीका प्रमुख जिल्ला अधिकारी आनन्द पौडेल, पिथौरागढ जिल्लाका डिस्टिक म्याजिस्टेट (डिएम) डाक्टर विजयकुमार जोगदण्डे, लगायत सुरक्षा अधिकारीको सहभागिता रहेको छ ।
सीमामा नागरिकलाई हुने समस्या, भारतीय पेन्सनधारीलाई भएको समस्या, शान्ति सुरक्षा, मानव बेचबिखन, अवैध हातहतियार, वन्यजन्तु ओखटोपहार कारोबार, दुवै देशलाई असर पुर्याउने बाढीपहिरो नियन्त्रण, शरणार्थी, अवैध उत्खनन, अवैध मुद्रा नियन्त्रण, कोरोना भाइरसलगायतका विषयमा छलफल हुँदैछ । दुई देशको जिल्लास्तरीय समन्वय समितिको बैठक बैतडीमा पहिलोपटक बसेको हो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button