भूटानका समकक्षीबाट प्रम ओलीको सफल मिर्गौला प्रत्यारोपणको कामना

काठमाडौं । भूटानका प्रधानमन्त्री डा लोट्टी छिरिङले प्रधानमन्त्री केपी शर्मा ओलीको मिर्गौला प्रत्यारोपण सफल भई चाँडै स्वास्थ्य लाभ हुनेमा आफू विश्वस्त रहेको बताउनुभएको छ ।
उहाँले मंगलवार एक सन्देश पठाई प्रधानमन्त्री ओलीको शीघ्र स्वास्थ्य लाभको कामनासमेत गर्नुभएको छ ।
यसैगरी नेपालका लागि जापानी राजदूत मासामिची साइगोले पनि प्रधानमन्त्री ओलीको सफल मिर्गौला प्रत्यारोपणसहित शीघ्र स्वास्थ्य लाभको कामना गर्नुभएको छ । यसअघि भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले प्रधानमन्त्री केपी शर्मा ओलीको मिर्गौला प्रत्यारोपणको सफलता र स्वास्थ्यलाभको कामना गर्नुुभएको थियो ।








प्रतिक्रिया राख्नुहोस्