तपाईँ सुन्दै हुनुहुन्छः

फरार अभियुक्त २१ वर्षपछि पक्राउ

रासस । नेपाल प्रहरीले ज्यान मार्ने उद्योगमा फरार अभियुक्त २१ वर्षपछि पक्राउ गरेको छ ।

महानगरीय प्रहरी वृत्त थानकोटको टोलीले विसं २०५५ मा सवारी ज्यान उद्योगमा फरार रहेका चन्द्रागिरिका गोविन्द लामालाई आज पक्राउ गरेको हो ।

वृत्तका प्रमुख, प्रहरी नायब उपरीक्षक घनश्याम श्रेष्ठले विसं २०५५ मा जिल्ला अदालत काठमाडौँले चार महिना २८ दिन कैद र सजाया र रु दुई हजार जरिवना तोकिएको लामालाई पक्राउ गरिएको जानकारी दिनुभयो ।

पक्राउ परेका लामासँग आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button