दोषीले उन्मुुक्ति पाउनु हुन्न : नेता नेपाल

बिराटनगर । नेपाल कम्युुनिष्ट पार्टी(नेकपा)का बरिष्ठ नेता एंव पुुर्व प्रधानमन्त्री माधवकुमार नेपालले ललिता निवास जग्गा प्रकरणमा दोषी अपराधी जोसुुकैले पनि उन्मुक्ति पाउन नहुनेमा जोड दिनुभएको छ ।
बिराटनगर बिमानस्थलमा आज सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले सो प्रकरणमा कोही पनि निर्दोष मान्छे पर्नुहुदैन र दोषी भए उम्कन दिन नहुने आफ्नोे मान्यताु रहेको बताउनुभयो ।
एक प्रश्नमा उहाँले आफु प्रधानमन्त्री भएको बेला ललिता निवास जग्गामा कसैलाई नयाँ मोही बनाउने निर्णय नभएको प्रष्ट पार्नुुभयो ।
उहाँले ललिता निवास जग्गा प्रकरणमा अख्तियारले पार्टीगत रुपमा मुद्दा नचलाएको बताउनुभयो । उहाँले एमसिसिका बिषयमा अध्ययन गर्न पार्टीले कार्यदल बनाएको र कार्यदलले निष्पक्ष र त्यसको चाडै टुंगो लगाउने बताउनुभयो ।








प्रतिक्रिया राख्नुहोस्