प्रदेश नम्बर तीनको प्रदेशसभाको बैठक स्थगित

मकवानपुर । प्रदेश नं. ३ को प्रदेशसभाको बैठक स्थगित भएको छ । आज १ः०० बजेदेखि सुरु भएको बैठक दोस्रो चरणसम्म चलेपछि स्थगित गरिएको हो ।
सभामुख सानुकुमार श्रेष्ठले आगामी बैठकआइतबार ९ः०० बजेबाट सुरु हुने गरी स्थगित गरिएको जानकारी दिनुभयो ।
आइतबार बिहान हुने बैठकको कार्यसूची सार्वजनिक गरिएको छैन् । आज बसेको सभामा सत्तारुढ नेकपा संसदीय दलका नेतासमेत रहेका मुख्यमन्त्री डोरमणि पौडेलले प्रदेश ३ को राजधानी हेटौंडाको प्रस्ताव पेश गर्नुभएको छ ।
पौडेलको प्रस्तावमा समर्थक प्रमुख प्रतिपक्ष नेपाली कांग्रेस संसदीय दलका नेता इन्द्रबहादुर बानियाँ, राप्रपाकी सांसद रिता माझी र राप्रपा संयुक्तकी सांसद रिना गुरुङले प्रदेशसभा बैठकमा समर्थन जनाउनु भएको छ ।
सभाको शनिवारको दोस्रो बैठकमा प्रमुख प्रतिपक्षी दलका नेता इन्द्रबहादुर बानियाँले प्रदेशको नाम बाग्मती प्रस्ताव पेश गरेका गर्नु भएको थियो ।
बानियाँको प्रस्तावमा सत्तारुढ नेकपाका मुख्य सचेतक रामेश्वर फुँयाल, राप्रपाकी सांसद रिता माझी र राप्रपा संयुक्तकी सांसद रिना गुरुङलेले समर्थन जनाउनु भएको छ ।
यसैगरी विवेकशील नेपाली र साझा पार्टीले काभ्रेको धुलिखेलमा राजधानी राख्न प्रदेशसभामा प्रस्ताव पेश गरेकाछन् । विवेकशील नेपाली र साझा पार्टीले नामको सवालमा भने प्रदेशको नाम बाग्मती प्रस्तावलाई समर्थन जनाएका छन् ।








प्रतिक्रिया राख्नुहोस्