चीनका ७ बन्दरगाह मार्फत् व्यापार बाटो खुल्ला
नेपालले आफनो अन्तराष्ट्रिय व्यापार अब चीनका विभिन्न ४ सामूद्रिक बन्दरगाह र ३ सुख्खा बन्दरगाह मार्फत गर्न सक्ने गरी बाटो खुल्ला भएको छ ।
यो व्यवस्था संगै लामो समयदेखि भारतीय नाका र बन्दरगाह निर्भर नेपालको अन्तराष्ट्रिय व्यपारमा पनि विविधकरण आएको छ ।
नेपाल चीन टान्सपोर्ट ट्रान्जिट प्रोटोकल यही पुष १६ गते अर्थात जनवरी १ तारिकबाट कार्यान्वयनमा आए संगै नेपाली आयात निर्यातकर्ताहरुले चिनियाँ सामूद्रिक बन्दरगाह र सुख्खा बन्दरगाह प्रयोग गरी अन्तराष्ट्रिय व्यापार गर्न सक्ने भएका छन् ।
यो प्रवन्ध संगै नेपाली आयात कर्ताहरुले पूर्वी चीनमा निर्माण भएका सामानहरु समुन्द्र मार्फत कलकत्ता हुदै नेपाल ल्याउन लामो समय लाग्नेमा अब चीनको भूभागबाट ल्याउदा निकै छिटो समय र लागत पनि सस्तो समेत पर्ने भएको छ ।
नेपालमा युरोप, अमेरिकाबाट आयात हुने तथा जापान र कोरियाबाट आयात हुने सामानहरु पनि चिनिया बन्दरगाहको माध्यमबाट ल्याउँदा छिटो र सस्तो समेत पर्ने उद्योग वाणिज्य तथा आपूर्ती मन्त्रालयका सहसचिव नवराज ढकालले बताउनुभयो ।
उद्योग, वाणिज्य तथा आपूर्ती मन्त्रालयले सोमवार नीजि क्षेत्रका उद्योगी व्यवसायीहरुसंग छलफल गरी चिनीया मार्ग हुदै सामान आयात निर्यात गर्न आग्रह गरेको छ ।
छलफलमा व्यवसायीहरु उत्साही भएको भए पनि सरकारले नेपाल चीन बीचमा रहेका मुख्य मार्गहरुको अवस्था सुधार नगरी आयात निर्यात गर्न असजिलो हुने बताउनु भएको पनि सहसचिव ढकालले बताउनु भयो ।
नेपालका राष्ट्रपति विद्यादेवी भण्डारीको गत वर्ष अप्रिलमा भएको चीनको भ्रमणको क्रममा नेपाल र चिन बीच ४ सामूद्रिक बन्दरगाह र ३ सुख्खा बन्दरगाह मार्फत नेपालले पारवहन र ढुवानी गर्ने सुविधा पाउने सम्बन्धी समझदारी भएको थियो ।








प्रतिक्रिया राख्नुहोस्