पौडेल पक्षद्वारा केन्द्रिय कार्यसमिति बैठक वहिष्कार
काठमाडौं । नेपाली काँग्रेस केन्द्रिय कार्यसमितीको आजको बैठक वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले वहिष्कार गरेका छन् ।
पार्टी केन्द्रीय कार्यालय सानेपा पुग्नुभएका रामचन्द पौडेल लगायतका उहाँ पक्षधर केन्द्रीय सदस्यहरुले पार्टीका विभागको संख्या बढाउने निर्णयको विरोध गर्दै बैठकमा सहभागी नभएको नेपाली काँग्रेसका केन्द्रिय सदस्य हृदयराम थानीले जानकारी दिनुभयो ।
यस्तै भातृसंगठनको महाधिवेशन निर्धारित समयमै गर्न नसकेको, आगामी महाधिवेशनको कार्ययोजना तयार नपारेको भन्दै पौडेल पक्षले बैठक वहिष्कार गरेको उहाँले जानकारी दिनुभयो ।
पौडेल पक्षधर केन्द्रीय सदस्यहरुको सहभागिता नभएको आज बसेको काँग्रेस केन्द्रिय कार्यसमिति बैठकले ७ सय ५३ वटै स्थानीय तहमा तेस्रो चरणको जागरण अभियान अगामी माघ १६ गतेदेखि २५ गतेसम्म सञ्चालन गर्ने निर्णय गरेको छ ।
बैठकले दक्षिण एशियाली खेलकूदमा स्वर्ण लगायतका विभिन्न पदक प्राप्त गर्ने सबै खेलाडीहरुलाई बधाइ ज्ञापन गर्नुका साथै समग्र खेलकूदको प्रगति र खेलाडीहरुको व्यवसायिक जीवन सुनिश्चिताका लागि विशेष प्याकेज निर्माण गर्न सरकारसँग आग्रह गरेको छ ।
केन्द्रिय कार्यसमिति बैठक यही मंसीर २९ गते दिउसो १ बजे बस्ने छ ।
प्रतिक्रिया राख्नुहोस्