तपाईँ सुन्दै हुनुहुन्छः

सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक : पुस्तकालय नीतिमा छलफल

काठमाडौँ । राष्ट्रियसभा अन्तरगतको सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको आजको बैठकमा पुस्तकालय नीतिका विषयमा छलफल भएको छ । 

बैठकमा पुस्तकालय नीतिको मस्यौदा निर्माण समितिमा रहेर काम गर्दै आउनुभएकी संविधानसभा सदस्य तथा पुस्तकालय विज्ञान विज्ञ लिला ल्याइँच्याँइले पठन संस्कृतिको विकासका लागि बन्न लागेको नयाँ कानुनमा पुस्तकालयलाई सबै समुदायको भाषाको पहुँचयोग्य बनाउनुपर्नेमा जोड दिनुभयो । 

उहाँले पुस्तकालय नीतिको मस्यौदामा डिजिटल नेटवर्कमार्फत सबै पुस्तकालयमा सर्वसाधारण पाठकको पहुँच पुग्ने व्यवस्था समेटिएको जानकारी दिनुभयो । 

त्यसैगरी नेपाल पुस्तकालय संघका अध्यक्ष पुष्पराज सुवेदीले पुस्तकालय सञ्चालनका लागि पुस्तकालय काउन्सिलको समेत व्यवस्था गर्न सुझाव दिनुभयो ।

बैठकमा सांसदहरुले  बालबालिकाको अध्ययन पाठ्यक्रमसँग पुस्तकालयलाई जोडेर लैजानुपर्ने, विद्यालयहरूमा रेडक्रस, स्काउटजस्तै पुस्तकालय अनिवार्य गरिनुपर्ने र गाउँ गाउँमा विशेष पुस्तकालयहरू सञ्चालन गर्ने गरी कानून निर्माण गरिनुपर्नेमा जोड दिनुभयो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button