तपाईँ सुन्दै हुनुहुन्छः

प्रतिनिधिसभा बैठक : बस चालकले आत्मदाह गरेको विषयमा छानविन समिति गठन गर्न माग

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरुले काठमाडौँको त्रिपुरेश्वरमा ट्राफिक प्रहरीसँगको विवादमा बस चालक अर्जुन दोङ्ले आत्मदाह गरेको विषयमा छानविन समिति गठन गर्न सरकारसँग माग गर्नुभएको छ । 

सांसदहरुले बसमा भएको आगलागीका विषयमा सत्य तथ्य जानकारी बाहिर ल्याउन अविलम्ब न्यायिक छानविन समिति गठन गर्न माग गर्नुभयो ।

सांसदहरुले यात्रु र चालकको सुरक्षाका लागि प्रभावकारी ट्राफिक व्यवस्थापन, सुरक्षित र व्यवस्थित सडक पूर्वाधार निर्माण र राज्यका नियमनकारी निकाय मर्यादित बन्नुपर्नेमा जोड दिनुभयो ।

यस्ता घटनाले राज्यप्रति नागरिकका निराशा, लाखौँ बेरोजगार युवाहरूका पिडा व्यक्त गरेको भन्दै सांसदहरुले नागरिकका संवेदना र गुनासाप्रति  सरकार गम्भीर बन्नुपर्ने बताउनुभयो ।

बैठकमा सांसदहरुले बढ्दो सडक दुर्घटना न्यूनीकरण, सार्वजनिक सवारी चालकको मनोसामाजिक अवस्थाको अध्ययन गरी आवश्यक अनुसारको तालिम र परामर्शको व्यवस्था गर्न माग गर्नुभयो ।

यस्तै सांसदहरुले बजारमा बढ्दो महँगी र कालोबजारी नियन्त्रण गर्न, विभिन्न जिल्लामा फैलिएका स्क्रप टाईफस, डेंगी लगायतका सङ्क्रामक रोग नियन्त्रणका लागि पहल गर्न, राष्ट्रिय निकुञ्ज वरपरका क्षेत्रमा मानव वन्यजन्तु द्वन्द्व नियन्त्रणको पहल गर्न सरकारको ध्यानाकर्षण गराउनुभयो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button