कैलालीमा थप ५ दिन निषेधाज्ञा लम्ब्याउने निर्णय

कैलाली । कैलाली जिल्लामा थप ५ दिन निषेधाज्ञा लम्ब्याउने निर्णय गरिएको छ ।
आइतबार राति सकिँदै गरेको निषेधाज्ञालाई भदौ १९ गते रातिसम्म लम्ब्याउने निर्णय गरिएको प्रमुख जिल्ला अधिकारी यज्ञराज बोहराले जानकारी दिनुभयो ।
शुक्रवार बसेको सुरक्षा समितिको बैठकले पनि भदौ १९ गतेसम्म निषेधाज्ञा लम्ब्याउन सिफारिस गरेको थियो । उक्त सिफारिसको आधारमा निषेधाज्ञा थप गरिएको उहाँले बताउनुभयो ।
यसअघि कैलालीमा कोरोना भाइरसको जोखिम न्यूनीकरणका लागि भदौ ४ गते देखि भदौ १४ गते मध्यरातसम्म जिल्लामा निषेधाज्ञा लागु भएको थियो ।








प्रतिक्रिया राख्नुहोस्