जनकपुरधाममा कोरोना कालमा निःशुल्क स्वास्थ्य शिविर
जनकपुरधाम । कोरोना महामारीका कारणले नियमित स्वास्थ्य सेवा प्रभावित बनेको बेलामा जनकपुरधाममा आपतकालीन निःशुल्क स्वास्थ्य शिविर अभियान सञ्चालन गरिन भएको छ ।
सामान्य प्रकृतिका बिरामीहरुलाई समयमा उपचार प्रदान गर्ने उद्देश्यका साथ कोरोना महामारीको संकटपूर्ण समयमा जनकपुरधाम उपमहानगरपालिकाको वडा नंं ७ ले आपतकालीन निःशुल्क स्वास्थ्य शिविर अभियान सञ्चालन गर्न लागेको जनाएको छ ।
बालबालिक, महिला र वृद्धवृद्धाको अवस्थालाई ध्यान दिंदै अभियान सुरु गर्न लागेको जनकपुरधाम उपमहानगरपालिकाको वडा नंं ७ का वडाध्यक्ष जानकीराम साहले जानकारी दिनु भएको छ ।
आफ्ना वडाबासीलाई प्रत्येक शुक्रवार, शनिवार र आइतवारका दिन बिहान ८ बजेदेखि १० बजेसम्म चिकित्सकहरु डा. ज्याउल हक (गाइनो), डा. श्रीराम शर्मा (जेनरल फिजिसियन र मेडीसिन) र डा. जाफर राईन (बाल रोग विशेषज्ञ) को टिमद्धारा निःशुल्क स्वास्थ्य परीक्षण गरिने जानकारी दिनु भयो ।
वडाध्यक्ष जानकिराम साहको संयोजकत्वमा आपातकालीन निःशुल्क स्वास्थ्य शिविर अभियानका लागि समिति पनि गठन गरेको छ । समितिका सदस्यमा पत्रकार किरण कर्ण, कार्यपालिका सदस्य श्यामा झा, जिरोमाइल प्रहरी चौकीका इन्चार्ज, नागरिक समाजका डा. बिनोद साह, योग गुरु मनोहर प्रसाद साह, मोहम्मद गुलाम रसूल, जीरोमाइल युवा कमिटीका अध्यक्ष, भैरव युवा कमिटीका अध्यक्ष, वडा नंं ७ का सदस्यहरु संतोष सरवरीया, मो. नाजिर हुसेन र रामराजी देवीलगायतका रहनु भएको छ ।
खास गरेर कोरोना महामारीका कारणले स्वास्थ्य संस्थाहरुमा नियमित स्वास्थ्यको उपचारमा खासै वास्ता नगरेको बेलामा गरिन लागेको अभियानले मद्दत पुग्ने भएको छ । यसमा कोरोनावाट जोगिनका लागि सुरक्षा सावधानी पनि अपनाईने भएको वडाध्यक्ष साहले जानकारी दिनु भयो ।








प्रतिक्रिया राख्नुहोस्