फरार अभियुक्त झापाबाट पक्राउ

झापा । जिल्ला प्रहरी कार्यालय झापाले अवैध हातहतियार खरखजना मुद्दामा फरार रहेका अर्जुनधारा नगरपालिका–६ का सुनिल मेचेलाई पक्राउ गरेको छ ।
मेचेलाई आइतबार बिर्तामोड पश्चिम बस स्टेण्ड क्षेत्रबाट पक्राउ गरेको झापा प्रहरीका प्रवक्ता राकेश थापाले बताउनुभयो । ३८ वर्षीय मेचे विरुद्ध अवैध हात हतियारको मुद्दामा जिल्ला प्रशासन कार्यालय ललितपुरले २०७५ चैत्र ११ गते एक वर्ष कैद र एक लाख रुपैयाँ जरिवाना हुने ठहर गरी फैसला सुनाएको थियो ।
फरार रहेका मेचेलाई पक्राउ गर्न ललितपुर प्रहरीले झापा प्रहरीलाई पत्राचार गरेपछि पक्राउ गरिएको प्रवक्ता थापाले जानकारी दिनुभयो । मेचेलाई कैद भुक्तानका लागि नख्खु कारागार ललितपुर पठाइने जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।







प्रतिक्रिया राख्नुहोस्