तपाईँ सुन्दै हुनुहुन्छः

जनता समाजवादी पार्टीको प्रशिक्षण आजदेखि सुरु

काठमाडौँ । तत्कालीन समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टी नेपाल एकीकरणपछिको जनता समाजवादी पार्टी नेपालको प्रशिक्षण आजदेखि सुरु भएको छ ।

ललितपुर बालकुमारीस्थित तुलसीलाल अमात्य प्रतिष्ठानको सभा हलमा जनता समाजवादी पार्टी नेपालको चार दिने प्रशिक्षण कार्यक्रम आजदेखि सुरु भएको हो ।

पार्टीको कार्यकारिणी समितिका सम्पूर्ण सदस्य तथा पदाधिकारी सहभागी प्रशिक्षणमा पार्टीको सैद्धान्तिक र वैचारिक अवधारणा, पार्टी सङ्गठन र यसको कार्य पद्धति, वर्तमान राजनीतिक अवस्था र अगामी कार्यभारलगायतका विषयमा छलफल हुने जनाइएको छ ।

पार्टीकै नेताहरूबाट कार्यकारिणी समितिकाका सदस्य तथा पदाधिकारीहरूलाई प्रशिक्षण दिने र प्रशिक्षण सम्पन्न भएपछि साउन २५ र २६ गते कार्यकारी समितिको बैठकले आवश्यक निर्णय लिने पार्टीले जनाएको छ ।

बैठकमा पार्टी समायोजन, कार्य विभाजन, सङ्गठनात्मक कार्य योजना, राजनीतिक कार्य योजना लगायत विभिन्न विषयहरूमा छलफल हुने तयारी छ ।

तत्कालीन समाजवादी पार्टी र राष्ट्रिय जनता पाटी एकीकरणपछि ५१ सदस्यीय कार्यकारिणी समिति बने पनि जसपा नेपालको समायोजनका कामहरू भने बाँकी छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button