तपाईँ सुन्दै हुनुहुन्छः

क्रिकेटर लामिछानेद्वारा कोरोना परीक्षण

काठमाडौं । क्यारेवियन प्रिमियर लिग खेल्नका लागि जाने तयारीमा रहेका सन्दिप लामिछानेले पीसीआर परिक्षण गरेका छन ।

शुक्रबारसम्म सीपीएल खेल्नका लागि उड्ने तयारीमा रहेका सन्दिपले मंगलबार काठमाडौंको एक अस्पतालमा आफ्नो पीसीआर परिक्षण गरेका हुन ।

सन्दिप सीपीएलका लागि विहिबार वा शुक्रबार जाने सम्भावना रहेको छ, जसको टुंगो लाग्नका लागि सीपीएल आयोजक तथा बार्बाडोस र सेन्ट लुसियाबाट आउनुपर्ने जवाफ कुरिराखिएको छ । खेलकुद मन्त्रालयको पहलमा नै सन्दिप सीपीएल खेल्न जाने तयारीमा छन । उनी जाने सम्भावना धेरै रहेको र अन्तिम जवाफ कुरिरहेको उनका व्यवस्थापक रमन सिवाकोटीले जानकारी दिए ।

सीपीएल खेल्न जानु अगाडी सबै खेलाडीले आफ्नो देशमा पीसीआर परिक्षण गरेर त्यसको नतिजा लिएर आउन भनेको छ । यसका साथै विदेश जाँदापनि पीसीआर परिक्षणको रिजल्ट आवश्यक हुने भएकाले सन्दिपले पनि कोरोना परिक्षण गरेका छन ।

अगष्ट १८ बाट सुरू हुने सीपीएलको खेल तालिका पनि सार्वजनिक भइसकेको छ । जसमा सन्दिपको टिम जमैका तलावाजले पहिलो खेलमा सेन्ट लुसियासँग खेल्ने भएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button