पहिरोले पुर्दा स्याङ्जामा चारजनाको मृत्यु, दुईको उद्धार
स्याङ्जा । स्याङ्जामा पहिरोमा परेर चार जनाले ज्यान गुमाएका छन् । जिल्लाको कालिगण्डकी गाउँपालिका ४ का छ जना पुरुष पानी बनाउन जाँदा माथिबाट आएको पहिरोले पुरिएको प्रदेश प्रहरीको कार्यालय पोखराले जानकारी दिएको छ ।
पहिरोमा परी मृत्यु हुनेहरुमा ६० वर्षीय जीमानसिं थापा, ५० बर्षका टिकाबहादुर थापा र इमान राना रहेका छन् । रानालाई तत्काल उद्दार गरिएता पनि उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
सोही पहिरोमा पुरिएका हुमनाथ पाण्डे र विरबहादुर रानालाई भने उद्दार गरिएको छ । उनीहरुको अवस्था मध्यम रहेको जानकारी दिदै थप उपचारको लागि पाल्पा पठाइएको प्रदेश प्रहरीको कार्यालय पोखराका प्रहरी नायव उपरिक्षक राजेन्द्रबाबु रेग्मीले जानकारी दिनुभयो ।
रेग्मीका अनुसार पहिरोमा पुरिएका प्रेमचन्द्र पाण्डेको खोजी भईरहेको छ । पहिरो गएको स्थानमा प्रहरी अधिकृत सहितको टोली र स्थानीयहरु उद्दारका लागि खटिएका छन् । खहरेमा बिहान साँढे ९ बजे पहिरो खसेको जनाइएको छ ।







प्रतिक्रिया राख्नुहोस्