समुदायमा कोरोना संक्रमण फैलन नदिन झापाको गौरादह सिल
झापा । झापाको गौरादह नगरपालिकामा एकजना दीर्घ रोगीमा कोरोना संक्रमण पुष्टि भएपछि आसपासको क्षेत्र सिल गरिएको छ । उपचारको क्रममा काठमण्डौ लगिएको एक महिलामा कोरोना पोजेटिभ देखिएपछि नगरपालि क्षेत्र सिल गरिएको जनाईएको छ ।
नगरपालिकाले आफ्नो आधिकारीक फेसबुक पेज मार्फत एक सुचना जारी गर्दे सो जानकारी गराएको हो ।गौरादह १ की ६८ वर्षिय महिलामा कोरोना संक्रमण पुष्टि भएको नगरपालिकाले जनाएको छ । अर्काे सूचना जारी नभईन्जेल सम्म चैतु चोक देखि दक्षिण–गुरास चौक–पश्चिममा गेउरिया–पूर्वमा डिठ्ठा चोक सम्मका क्षेत्रमा औषधी पसल बाहेक सबै व्यवसाय तथा पसलहरु बन्द गर्ने र नगरवासीलाई अति आवश्यक काम बाहेक बाहिर ननिस्कन आग्रह गरिएको छ ।








प्रतिक्रिया राख्नुहोस्