नारायणीको अस्थायी कोभिड गण्डक अस्पतालबाट २८ डिस्चार्ज

वीरगंज। वीरगञ्ज स्थित नारायणी अस्पतालको अस्थाई कोभिड गण्डक अस्पतालबाट पर्साका २१ जना कोरोना संक्रमण मुक्त भई आज दिउँसो डिस्चार्ज भएका छन् । यस अघि हिजो साँझ ७ जना कोरोना संक्रमित डिस्चार्ज भएका थिए ।
डिस्चार्ज हुनेमा पर्साका ग्रामिण भेगका १८ जना पुरुष र ३ जना महिला रहेका छन् । पछिल्लो दुई रिर्पोट नेगेटिभ आएपछि २१ जनालाई आज डिस्चार्ज गरिएको नारायणी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट मदन कुमार उपाध्यायले बताउनु भयो ।
अस्थाई कोभिड अस्पतालका कोर्डिनेटर डा. उदयनारायण सिंहका अनुसार डिस्चार्ज हुनेहरु विन्ध्यवासिनी गाउँपालीकाका वडा नम्बर २, ३ र ४ का १० जना , धोबिनि गाउँपालीका वडा नम्बर ५ का १ जना, पोखरीया नगरपालीका वडा नम्बर १, ३ र ६ का ५ जना, सखुवा प्रसौनी गाउँपालीका वडा नम्बर ३ का १ जना, जिराभवानीका गाउँपालीकाका १ जना, पर्सागढि गाउँपालिका वडा नम्बर ४ का १ जना, पटेर्वासुगौली गाउँपालीका वडा नम्बर २ र ५ का २ जना रहेका छन् ।
डिस्चार्ज हुनेहरु मध्ये २० बर्ष देखी ५६ वर्ष उमेर समुहका रहेको नारायणी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट उपाध्यायले बताउनु भयो ।
यस अघि हिजो साँझ नारायणी अस्पतालको अस्थायी कोभिड अस्पताल गण्डक अस्पतालको आईसोलेशनबाट पर्साको पोखरीया नगरपालिकाका ७ जना कोरोना संक्रमित निको भई डिस्चार्ज भएका थिए । डिस्चार्ज हुनेमा ४ जना स्वास्थ्यकर्मी समेत रहेका थिए ।
२८ संक्रमित निको भई डिस्चार्ज भएसँगै अब अस्थायी कोभिड गण्डक अस्पतालमा ६ जना संक्रमितको आईसोलेशनमा उपचार भई रहेको नारायणी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा.मदन उपाध्यायले बताउनु भयो ।








प्रतिक्रिया राख्नुहोस्