तपाईँ सुन्दै हुनुहुन्छः

विश्व कराँते च्याम्पियनसिपमा प्रेवल र सन्ध्याले सिन्धुपाल्चोकबाट प्रतिनिधित्व गर्दै

सिन्धुपाल्चोक । भारतको पुणेमा आयोजना हुन गइरहेको आठौंं विश्व गोजु–रियो कराँते च्याम्पियनसिपका लागि सिन्धुपाल्चोकका दुई खेलाडी छनोट भएका छन् । नेपाली राष्ट्रिय कराँते टोलीबाट खेल्दै जिल्लाको शान बढाउने ऐतिहासिक अवसर प्रेवल गुरुङ र सन्ध्या श्रेष्ठले प्राप्त गरेका हुन् ।

विश्व कराँते महासङ्घ  WKF  द्वारा मान्यता प्राप्त आठौंं विश्व कराँते च्याम्पियनसिपमा चौतारा साँगाचोकगढी नगरपालिका वडा न ५ का ११ वर्षीय प्रेवल गुरुङले ४३ केजीभन्दा माथिको तौल समूहमा र १५ वर्षिया सन्ध्या श्रेष्ठले ४७ केजीभन्दा माथिको तौल समूहमा विश्वभरका खेलाडीहरूसँग प्रतिस्पर्धा गर्नेछन् ।

च्याम्पियनसिपमा भाग लिन जान लागेका यी दुई खेलाडी र प्रशिक्षक निराजन थापामगरलाई चौतारा साँगाचोकगढी नगरपालिकाले एक विशेष समारोहबीच बिदाइ गर्‍यो । 

नगरपालिकामा आयोजित कार्यक्रममा नगर प्रमुख कृष्णप्रसाद सापकोटाले शुभकामना मन्तव्य व्यक्त गर्दै नगरका खेलाडीहरूले सिन्धुपाल्चोकको नाम मात्र नभइ सिङ्गो नेपालकै प्रतिष्ठा विश्वमा राख्ने विश्वास व्यक्त गर्नुभयो । 

प्रशिक्षक थापामगरका अनुसार प्रतियोगिता असोज १९ देखि २४ गतेसम्म जारी रहनेछ भने असोज १४ गते खेलाडीहरू भारत प्रस्थान गर्नेछन् । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button