तपाईँ सुन्दै हुनुहुन्छः

सरकारले किसानदेखि उपभोक्तासम्मलाई ध्यान दिएर काम गरिरहेको छ : मन्त्री चौधरी

काठमाडौँ । सरकारले कृषि क्षेत्रको आपूर्ति शृङ्खला सुधारका लागि विज्ञहरू सम्मिलित कार्यदल गठन गरि अध्ययन गरिरहेको जनाएको छ । 

राष्ट्रिय सभा  बैठकमा सांसदहरूसँग प्रश्नोत्तर कार्यक्रममा भाग लिँदै कृषि, वन तथा पर्यावरण मन्त्री गीता चौधरीले देशका विभिन्न १२ वटा कृषि उत्पादन स्थलमा पुगेर कार्यदलले अध्ययन गरिरहेको जानकारी दिँदै मन्त्री चौधरीले बाह्य देशबाट आउने कृषि उपजको विषादी चेक जाँचलाई सरकारले कडाइ गरेको बताउनुभयो । 

बजारको मागअनुसार खेती प्रणाली, उत्पादन, माग, भण्डारण तथा वितरणलाई व्यवस्थित बनाउन सरकारले किसानदेखि उपभोक्तासम्मलाई ध्यान दिएर काम गरिरहेको जानकारी दिनुभयो । 

किसानहरुले उत्पादन गर्ने धान, गहुँ मकै लगायतको समर्थन मूल्य उत्पादन अगावै तोकिरहेको जानकारी दिँदै मन्त्री चौधरीले उत्पादनको आधारमा मूल्य घटिबढी हुने पूर्व सूचना प्रणालीलाई सरकारले थप व्यवस्थित गरिएको जानकारी दिनुभयो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button