नागरिकको दैनिक जनजीविका सहज बनाउन सरकारको ध्यानाकर्षण
काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरुले दैनिक उपभोग्य वस्तुमा देखिएको मूल्यवृद्धि नियन्त्रण गर्न र नागरिकको दैनिक जनजीविका सहज बनाउन सरकारको ध्यानाकर्षण गराउनुभएको छ ।

सांसदहरुले प्रमुख चाडपर्व नजिकिँदै गर्दा बजारमा खाद्यान्न, ग्यास लगायत दैनिक उपभोग्य वस्तुको अभाव देखिएको र अस्वभाविक मूल्य बढेको भन्दै नागरिकको जनजीविकासँग जोडिएका समस्यामा सरकार मैन बस्न नहुने बताउनुभयो ।
बैठकमा सांसदहरुले भोटेकोशी बाढी प्रभावित क्षेत्रमा सङ्क्रामक रोगहरू फैलिएको, हराइरहेका व्यक्तिको खोजी तथा उद्धार कार्य प्रभावकारी हुन नसकेकोले यसलाई व्यवस्थित गर्न संसदबाट सर्वदलीय उच्च स्तरीय समिति गठन गर्नुपर्ने माग गर्नुभयो ।
सांसदहरुले बाढीमा परी बेपत्ता व्यक्तिको मृत्युदर्ता सम्बन्धी कानुनी प्रक्रिया सहज बनाउन, अवरुद्ध सडकहरू छिटो खुलाउन, बजार अनुगमन नियमित गर्न तथा पछिल्लो समय विद्युतीय गाडीको बढ्दो दुर्घटना नियन्त्रणका लागि चालकको सीप परिक्षण, लाइसेन्स प्रणाली सुधार र विद्युतीय गाडीको सुरक्षा सम्बन्धी मापदण्ड निर्धारण गर्न सरकारको ध्यानाकर्षण गराउनुभयो ।







प्रतिक्रिया राख्नुहोस्