गरीब र विपन्न परिवारलाई सखी बहिनपाद्वारा राहत वितरण
जनकपुरधाम । सखी बहिनपा मिथिलानी समूह जनकपुरधामद्वारा आज जनकपुरधाम उपमहानगरपालिका गरीब र विपन्न परिवारलाई राहत वितरण गरेको छ ।
बन्दाबन्दीका कारण उपमहानगरपालिकाका विभिन्न वडामा संकष्ट भोगिरहेका दीनहीन परिवारलाई सो समूहद्वारा खाद्यान्न वितरण गरेको छ ।
लक डाउनमा परेर निक्कै मार खेपीरहेका अति गरिव परिवारलाई १० किलो चावल, २ किलो दाल, १ लिटर खाने तेल, सोयाबिन, नून, साबुन र सर्फ लगायतका सामग्रीह वितरण गरेको छ ।
राहत वितरण कार्यक्रममा अरूणा मिश्र, सुनिता मिश्र, भारती चौधरी, पुनम झा मैथिल, बिन्दु ठाकुर, नीतु झा, प्रेम विनिता, सरिता यादव, ज्योति झा, शारदा रेखा झा, पुनम मिश्र, सीमा चौधरी, नीतु झा, नीना झा र शिल्पी मिश्र लगायतका अभियानीहरू रहेका थिए ।
समूहद्वारा संस्कार, भाषा, कला, सामाजिक, सांस्कृतिक, उद्यमशीलताको विकासकासँगै परस्परमा आत्मीयताको परम्परालाई जीवन्त राख्नुका साथै ज्येष्ठप्रति सम्मानको वातावरण निर्माणका लागि सिर्जनात्मक र उत्प्रेरणामूलक गतिविधि सञ्चालन गर्दै आएको छ ।
समूहका सदस्यहरूबाटै निर्माण गरिएका संस्कारिक र खाद्यान्न सामग्री, मिथिला कलाको बजारिकरण सन्दर्भमा मेला, उत्सवमा सहभागिता र प्रवद्र्धनमूखी कार्य गरी स्वावलम्बनतर्फ उन्मुख हुने वातावरण निर्माणमा क्रियाशील रहने उद्देश्यले विभिन्न प्रकारको रचनात्मक कामकाज गर्दै आएको छ ।








प्रतिक्रिया राख्नुहोस्