शारदा ब्यारेजमा चारपाङ्ग्रे सवारीसाधन सञ्चालनमा रोक
कञ्चनपुर। कञ्चनपुरस्थित महाकाली नदीमा जलस्तर खतराको तह पार गरेपछि शारदा ब्यारेजमा चारपाङ्ग्रे सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ ।
इलाका प्रहरी कार्यालय गड्डाचौकीका प्रमुख प्रहरी नायब उपरीक्षक जीवन गुरुङका अनुसार सोमबार बिहानदेखि महाकाली नदीमा पानीको सतह एक लाख क्युसेक नाघेपछि चारपाङ्ग्रे सवारीसाधनमा सञ्चालनमा रोक लगाइएको हो । उहाँले बिहान ९ः०० बजेको मापनअनुसार महाकालीमा पानीको बहाव एक लाख १४ हजार क्युसेक पुगेको जानकारी दिनुभयो । शारदा ब्यारेजमा भारतीय पक्षले पानीको बहाव एक लाख क्युसेक पुगेपछि चारपाङ्ग्रे सवारी सञ्चालनमा रोक लगाउँदै आएको छ ।
त्यसैगरी, जल तथा मौसम पूर्वानुमान महाशाखाले पछिल्लो समय बैतडी, कञ्चनपुर, कैलाली, बर्दियालगायत स्थानमा अत्यधिक वर्षा भइरहेको जनाएको छ । महाशाखाले महाकाली नदी र कञ्चनपुरका स–साना नदीहरुमा पानीको बहाव उलेख्य बढ्ने जनाउँदै सतर्कता अपनाउन आग्रह गरेको छ ।








प्रतिक्रिया राख्नुहोस्