तपाईँ सुन्दै हुनुहुन्छः

नयन राज रावल स्मृति पुरस्कार सन्ध्या गुप्तालाई 

नेपालगञ्ज । दमयन्ती फाउन्डेसन नेपालका संस्थापक अध्यक्ष स्वर्गीय नयन राज रावलको १०औँ वार्षिक पुण्य तिथिको अवसरमा स्थापना गरिएको स्व. नयन राज रावल स्मृति सम्मान तथा पुरस्कार–२०८३ सन्ध्या गुप्तालाई प्रदान गरिएको छ ।

शैक्षिक तथा सामाजिक क्षेत्रमा पुर्‍याएको योगदानको उच्च कदर गर्दै आज गुप्तालाई उक्त सम्मान तथा पुरस्कार प्रदान गरिएको हो । पुरस्कारको राशि १० हजार १ रुपैयाँ रहेको छ  ।

गुप्ता मङ्गल प्रसाद नमुना माध्यमिक विद्यालयमा प्रधानाध्यापक रूपमा कार्यरत हुनुहुन्छ । उहाँले शिक्षा तथा सामाजिक क्षेत्रमा पुर्‍याएको योगदानको सम्मानस्वरूप पुरस्कार र सम्मानपत्र प्रदान गरिएको आयोजकले जनाएको छ ।

स्व. रावलको स्मृतिमा स्थापना गरिएको उक्त सम्मान तथा पुरस्कार प्रत्येक वर्ष उहाँको पुण्य तिथिको अवसरमा प्रदान गरिँदै आएको रावलकी धर्मपत्नी एवम् दमयन्ती फाउन्डेसनका अध्यक्ष इन्दु रावलले बताउनुभयो । रावलले गुप्तालाई दोसल्ला ओढाई सम्मान पत्रका साथ सम्मान गर्नुका साथै नगद पुरस्कार प्रदान गर्नुभएको थियो ।

स्व। रावलको स्मृतिलाई जीवित राख्दै उहाँले देखाएको असल कर्म र सामाजिक सेवाको बाटोमा अघि बढ्न प्रेरणा लिनुपर्नेमा वक्ताहरूको जोड थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button