तीन छोराछोरीसहित महिला बेपत्ता
बैतडी । बैतडीको पुर्चाैडी नगरपालिका–९ मल्लादेहीकी २९ वर्षीया जयन्ती धामी छोराछोरीसहित बेपत्ता हुनुभएको छ ।
यही साउन ३ गतेदेखि घरबाटै २ छोरी र १ छोरासहित बेपत्ता भएकी जयन्तीका श्रीमान् हिरा धामीले जानकारी दिनुभयो ।
बेपत्ता भएको एक हप्तापछि माइतमा बस्दै आएको जानकारी पाएको र त्यसपछि त्यहाँबाट पनि बेपत्ता भइसकेको उहाँको भनाइ छ ।
घरबाट गएर डिलालैशैनी– ७ धामीगाउँ माइतमा केही दिन बसेको र त्यसपछि सम्पर्कमा नआएको श्रीमान् हिरा धामीले बताउनुभयो ।
यस विषयमा सोमबार मात्रै पुर्चाैडी नगरपालिका–९ मा रहेको धारी प्रहरी चौकीमा हुलियासहित निवेदन धामीले जानकारी दिनुभयो ।








प्रतिक्रिया राख्नुहोस्