सुस्ताको कटान रोक्न र सीमा विवाद सुल्झाउन सरकारको ध्यानाकर्षण
नवलपरासी, पश्चिम् । नारायणी नदिले निरन्तर गरिरहेको सुस्ता कटानको नियन्त्रणका लागि तत्काल पहल गर्न सरकारको ध्यानाकर्षण गराइएको छ भने कूटनैतिक पहल गरी सीमा विवाद सुल्झाउन समेत ध्यानाकर्षण गराइएको छ ।

सोमबार बसेको सङ्घीय संसद्को शुन्य समयमा बोल्दै नवलपरासी १ का प्रतिनिधि सभा सदस्य बिक्रम खनालले सुस्ता कटान रोक्न तत्काल कदम नचाले पुरै क्षेत्र बगरमा परिणत हुने भन्दै सरकारको ध्यानाकर्षण गराउनुभयो । खनालले यो सँगै सुस्तामा देखिएका सीमा विवादमा कूटनैतिक पहल गरी समस्या समाधान गर्न सरकारको ध्यानाकर्षण गराउनु भएको हो ।
एकातिर सीमा अतिक्रमण र बर्सेनि नारायणी नदी गाउँ पस्दा सुस्तावासी विगतदेखि नै आक्रान्त बन्दै आएका छन् । सरकारी निकायको पटक पटकको आश्वासनबाट थकित बनेका सुस्तावासी यसपटक भने तत्काल समस्या समाधान हुनेमा आशावादी छन् ।








प्रतिक्रिया राख्नुहोस्