धनगढीमा सामाजिक सद्भाव र्याली सम्पन्न
धनगढी । धनगढीमा आज सामाजिक सद्भाव र्याली निकालिएको छ । शान्ति, सद्भाव र धार्मिक सहिष्णुता कायम राख्नका लागि सरोकारवाला सबै पक्षको सहभागितामा बृहत् सद्भाव र्याली आयोजना गरिएको हो ।

धनगढीको ट्राफिक चौराहबाट शुरु भएको सद्भाव र्याली बजारको परिक्रमा गर्दै जेन्जी मार्ग पुगेर समापन भएको थियो ।
कैलाली उद्योग वाणिज्य सङ्घको अगुवाईमा निकालिएको शान्ति, सद्भाव र्यालीमा सरकारी अधिकारी, राजनीतिकर्मी, नागरिक अगुवा, धर्मावलम्बी, सरोकारवाला पक्षको सहभागिता रहेको थियो ।








प्रतिक्रिया राख्नुहोस्