बाँकेमा तीन करोडको लगानीमा अत्याधुनिक ‘एम.आर. गुरु फिटनेस’ सञ्चालनमा आउने
बाँके। बाँकेमा करिब तीन करोड रुपैयाँको लगानीमा अत्याधुनिक प्रविधि र आधुनिक फिटनेस उपकरणसहित ‘एम.आर. गुरु फिटनेस’ सञ्चालनमा आउने भएको छ।
स्वस्थ जीवनशैलीप्रति बढ्दो जनचेतना र शारीरिक व्यायामको आवश्यकतालाई मध्यनजर गर्दै सञ्चालनमा ल्याउन लागिएको फिटनेस सेन्टरले एकैपटक करिब १५० जनालाई सेवा दिन सक्ने क्षमता राख्ने जनाएको छ।
सञ्चालक मोहित गुप्ताका अनुसार सेन्टरमा अत्याधुनिक फिटनेस उपकरणका साथै सदस्यको शारीरिक अवस्था, आवश्यकता र लक्ष्यअनुसार वैज्ञानिक ढङ्गले प्रशिक्षण प्रदान गरिनेछ। तौल व्यवस्थापन, शारीरिक क्षमता अभिवृद्धि तथा स्वस्थ जीवनशैली अपनाउन प्रेरित गर्ने उद्देश्यले सेवा सञ्चालन गरिने उहाँले बताउनुभयो।
फिटनेस सेन्टरमा महिला र पुरुष दुवैका लागि सुरक्षित, सहज र मर्यादित वातावरण सुनिश्चित गरिने जनाइएको छ। युवापुस्तालाई व्यायाम, खेलकुद र स्वस्थ जीवनशैलीतर्फ आकर्षित गर्दै अनुशासन र सकारात्मक सोचको विकासमा पनि यसले योगदान पुर्याउने विश्वास सञ्चालक गुप्ताले व्यक्त गर्नुभयो।
‘फिट रहौँ, स्वस्थ रहौँ र आत्मविश्वासी बनौँ’ भन्ने नारासहित सञ्चालनमा आउन लागेको ‘एम.आर. गुरु फिटनेस’ले बाँकेमा फिटनेस संस्कृतिलाई थप व्यवस्थित र व्यावसायिक बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।








प्रतिक्रिया राख्नुहोस्