हेटौँडा औँद्योगिक क्षेत्रका ८० उद्योग सञ्चालनमा
हेटौंडा । हेटौँडा औँद्योगिक क्षेत्रमा रहेको १११ मध्ये ८० वटा उद्योग सञ्चालनमा आएको औँद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेड हेटौँडा कार्यालयले जनाएको छ ।
सो लिमिटेडका प्रमुख राजेन्द्र कँडेलका अनुसार उद्योग सञ्चालनमा आएपनि पूर्ण क्षमतामा सञ्चालन नभएको जानकारी दिइएको छ । सञ्चालित उद्योग ६० प्रतिशत क्षमतामा मात्र सञ्चालनमा रहेको उहाँले बताउनुभयो ।
व्यवस्थापन लिमिटेडका अनुसार सो औद्योगिक क्षेत्रका एसियन पेन्ट, आरएन केमिक्लस, महाशक्तिशोप, खजुरी नेपाल र इन्टाइटिक बिस्कुटलगायतका ठूला उद्योगका साथै अन्य साना खानेपानी, दुग्ध, मैदालगायतका उद्योग सञ्चालनमा आएका छन् ।
ती उद्योगमा जनशक्ति अभाव, कच्चापदार्थ कमी र ढुवानी लगायतका समस्या रहेको बताइएको छ । लकडाउनका कारण ती उद्योग बन्द हुँदा दैनिक रु ३० करोड घाटा हुने गरेको थियो ।








प्रतिक्रिया राख्नुहोस्