तपाईँ सुन्दै हुनुहुन्छः

भोजपुरमा श्रम संस्कृतिको सुरुवाती अग्रता 

भोजपुर। भोजपुरमा हाल सम्म भएको मत गणना अनुसार श्रम संस्कृति पार्टीको अग्रता रहेको छ ।

अरुण गाउँपालिका १,२,३,४५,६र ७ वडाको मत गन्दा सम्म श्रम संस्कृति पार्टीको अग्रता रहेको हो । माटोका ध्रुर्वराज राईले  १ हजार ४ सय ८ मत प्राप्त गर्दै  अग्रता लिनु भएको छ ।

१ हजार १ सय १८ मत सहित दोस्रो स्थानमा नेपाली कांग्रेसका बालकृष्ण थापा, १ हजार १ सय ४ मत सहित तेस्रो स्थानमा नेकपा एमालेका शेरधन राई रहनु भएको छ । त्यस्तै  ८ सय ३९ मत सहित राष्ट्रिय स्वतन्त्र पार्टीका रमेश प्रसाद ओझा चौथो स्थानमा हुनुहन्छ भने नेपाली कम्युनिष्ट पार्टीका अजम्वर राईले  २्६ सय ४८ मत प्राप्त गर्नुभएकाे छ ।

८१ वडा रहेको भोजपुरमा वडागत रुपमा मतगणना हुँदै छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button