तपाईँ सुन्दै हुनुहुन्छः

सर्वोच्च अदालतमा साउन ११ देखि नियमित सुनुवाइ हुने

काठमाडौँ । सर्वोच्च अदालतमा आगामी साउन १ गतेदेखि ११ गतेसम्म नियमित सुनुवाइ नहुने भएको छ ।

प्रत्येक नयाँ आर्थिक वर्षमा लगत सार्न नियमित सुनुवाइ रोकिने अभ्यास हुँदै आएको हुनाले नियमित सुनुवाइ साउन ११ गतेबाट हुने सर्वोच्च अदालतका प्रवक्ता अर्जुनप्रसाद कोइरालाले जानकारी दिनुभयो । 

प्रवक्ता कोइरालाका अनुसार आगामी साउन १ गतेदेखि ११ गतेसम्म बन्दी प्रत्यक्षीकरणका रिट निवेदनमा भने दर्ता तथा सुनुवाइ हुनेछ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button