भोटेकोशी बाढी: महोत्तरीका नाै जना सम्पर्कविहीन
महोत्तरी। रसुवाको भोटेकोशी नदीमा आएको बाढीका कारण महोत्तरीका ९ जना सम्पर्कविहीन भएका छन्।
सम्पर्कविहीन हुनेहरूमा बर्दिबास नगरपालिका-३ का सौभाग्य बिष्ट, बर्दिबास-९ का जोया राणा मगर, गौशाला नगरपालिका-१ का विजय थापा मगर, पिपरा गाउँपालिका-३ का विकास यादव, औरही नगरपालिका-३ का सचिन कुमार यादव, जलेश्वर नगरपालिका-१० का सुशील लाल दास, जलेश्वर-९ का राकेश कुमार यादव, लोहरपट्टी नगरपालिका-७ का युवराज पाण्डे र गौशाला नगरपालिका-८ का शीतल लुङ्गेली रहेका छन्।
उनीहरू भोटेकोशी क्षेत्रका विभिन्न स्थानबाट सम्पर्कविहीन भएको महोत्तरीका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जानकारी दिनुभएको छ।








प्रतिक्रिया राख्नुहोस्