तपाईँ सुन्दै हुनुहुन्छः

रसुवा बाढीमा परी सल्यानका ४७ जना सम्पर्कविहीन

सल्यान। रसुवाको भोटेकोशी नदी आएको बाढीमा परी सल्यानका ४७ जना सम्पर्क विहीन भएका छन् ।

जिल्लाका विभिन्न स्थानीय तहबाट रोजगारीको सिलसिलामा पुगेका ४७ जना बेपत्ता भएको स्थानीय तहहरुले सार्वजनिक गरेको सूचनामा उल्लेख गरिएको छ । 

जिल्ला प्रहरी कार्यालय सल्यानका अनुसार बागचौर नगरपालिकाका २, कालीमाटी गाउँपालिकाका २, कपुरकोट गाउँपालिका ११, त्रिवेणी गाउँपालिका ८, शारदा नगरपालिका ५, कुमाख गाउँपालिका ६ , बनगाड कुपिण्डे नगरपालिका ११ र सिद्ध कुमाख गाउँपालिकाका १ जना सम्पर्क विहीन भएका छन् । 

बनगाड कुपिण्डे नगरपालिका ६ गैरीगाउँकी अन्दाजी ३५ वर्षीया सुनिता बुढाथोकी, १८ वर्षीया छोरी डिला बुढाथोकी, १६ वर्षीया निर्मला बुढाथोकी, १४ वर्षीय निराजन बुढाथोकी, १२ वर्षीय केशव बुढाथोकी रहेका छन् । यस्तै २४ वर्षीय गगन बस्नेत, ३६ वर्षीय चित्र बहादुर पुन, उहाँकी २९ वर्षीया श्रीमती पवित्रा राना पुन, ३ वर्षीय छोरा जितेन्द्र पुन, वडा न ६ गगनकटेराका २८ वर्षीया विना यरी, उहाँकी ५ वर्षीया छोरी दिपिका यरी रहेका छन् । 

सिद्ध कुमाख गाउँपालिका ४ मेलचौरीका हिरालाल घर्ती मगर, कुमाख गाउँपालिका ३ गुरुदासेका अन्दाजी ६० वर्षीय दुर्गा बहादुर राना, ४३ वर्षीय निम प्रकाश राना, ४० वर्षीय गणेश राना, २५ वर्षीय नवीन राना ५५ वर्षीय झ्यामे राना, २७ वर्षीय नन्दराम राना, २४ वर्षीय चित्र बहादुर राना सम्पर्क विहिन भएको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी निरीक्षक तथा सूचना अधिकारी देवराज भट्टराईले जानकारी दिनु भयो । 

शारदा नगरपालिका १३ सल्लेरीका अन्दाजी ३२ वर्षीय प्रमिला बुढाथोकी, २८ वर्षीया लक्ष्मी बुढाथोकी, १७ वर्षीय प्रवीण बुढाथोकी, ३९ वर्षीया ,रिता बुढाथोकी र ४४ वर्षीय रिम बहादुर बुढाथोकी सम्पर्क विहीन भएका छन् । 

त्रिवेणी गाउँपालिका ५ का प्रेम महतरा, पोषण महतरा, रुपलाल वि.क, निम बहादुर वि.क, लाल सिंह विक र प्रकाश विक, रोहित बुढाथोकी र त्रिवेणी ४ का मोहन रेउले रहेका छन् । 

 कपुरकोट गाउँपालिका ६ का ५५ वर्षीय हिमलाल सार्की, ३५ वर्षीय राम बहादुर सार्की, १९ वर्षीय तिलक सार्की, २७ वर्षीय किरण वि.क, ३३ वर्षीय लाल बहादुर विक, ४२ वर्षीय मान बहादुर वि.क, २७ वर्षीय प्रकाश सार्की, ४३ वर्षीय लक्ष्मण सार्की,३५ वर्षीय भिम बहादुर ठकुरी, ४४ वर्षीय खिम बहादुर दमाई ६१ वर्षीय टेक बहादुर बस्नेत सम्पर्क विहीन भएको प्रहरीको भनाई छ । 

कालीमाटी गाउँपालिका ३ का ३८ वर्षीय भुपेन्द्र रावत, ४५ वर्षीय भुपेन्द्र बहादुर खत्री, बागचौर नगरपालिका १० पिपलनेटाका प्लान्ट क्वारेन्टाईन टिमुरेमा कार्यरत आयुष खड्का र बागचौर नगरपालिका ८ गैरागाउँकी प्रमिला बुढाथोकी सम्पर्क विहीन भएका छन् । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button