तपाईँ सुन्दै हुनुहुन्छः

प्रतिनिधिसभा: समसामयिक विषयमा सरकारको ध्यानाकर्षण

काठमाडौँ । प्रतिनिधि सभाको आजको बैठकमा सांसदहरुले शिक्षा र स्वास्थ्य क्षेत्रको सुधार,  किसानका समस्या समाधान र नागरिकको जीवनस्तर सुधार लगायतका विषयमा सरकारको ध्यानाकर्षण गराउनुभएको छ । 

सांसदहरुले राष्ट्रिय मानव अधिकार आयोगले सिफारिस गरेको प्रतिवेदनको उपेक्षा गर्नु आयोगको अवमूल्यन र अपहेलनामात्र नभई अन्तर्राष्ट्रिय प्रतिबद्धता र विश्वसनीयताको भएको भन्दै त्यसको कार्यान्वयन गर्न माग गर्नुभयो ।

सांसदहरुले किसानका लागि मल बिउ र सिँचाइको व्यवस्था सँगै मलको सही रुपमा प्रयोग गर्ने, माटो परीक्षण तथा बाझो जग्गाको पुनः प्रयोग लगायतका विषयमा प्रभावकारी योजना बनाएर कार्यान्वयनमा लैजान माग गर्नुभयो ।

सांसदहरुले अस्पतालहरूमा हरेक नागरिकले व्यक्तिगत पहुँचको आधारमा नभई सहज रुपमा स्वास्थ्य सेवाको पहुँचको विकास गर्नुपर्ने भन्दै सबै सरकारी स्वामित्वका अस्पतालहरूमा रहेका समस्याको स्थायी रुपमा समाधान गर्न स्पष्ट नीति र कार्यक्रम ल्याउन माग गर्नुभयो । 

सांसदहरुले सरकारले सार्वजनिक रुपमा धूम्रपान रोकेको भएपनि यसको प्रभावकारी कार्यान्वयन हुन नसकेको भन्दै त्यसको कडाइका साथ कार्यान्वयन गर्न माग गर्नुभयो । 

सांसदहरुले सरकारले जनताको गुनासा र जिज्ञासा नसुनेको गुनासो बढी रहेको भन्दै त्यसतर्फ ध्यान दिन माग गर्नुभयो ।

सांसदहरुले देशभर सुश्म तथा साना लघु उद्योग गरिरहेका र गर्न लागिरहेकाहरूलाई समेत आफूले पाउने सहयोगबारे जानकारी नपाएको भन्दै सरकारका योजनाबारे आम नागरिकसम्म पु¥याउन आवश्यक रहेको बताउनुभयो ।

सांसदहरुले कर्णालीको सडक, विद्यालय, स्वास्थ्य चौकी लगायत सबै विषयमा प्रभावकारी योजना ल्याउन र कर्णालीका जनताको जीवनस्तर विकासका लागि काम गर्न सरकारको ध्यानाकर्षण गराउनुभयो ।

सुकुम्बासीहरलाई बस्तीबाट हटाएर होल्डिङ सेन्टर पु¥याइएको र त्यहाँबाट पनि हटाएर अमानवीय व्यवहार गरेको भन्दै सुकुम्बासीको स्थायी व्यवस्थापन गर्न सांसदहरुले सरकारसँग माग गर्नुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button