तपाईँ सुन्दै हुनुहुन्छः

प्रतिनिधिसभा बैठक: कर्णाली नदिमा भएको दुर्घटनाका विषयमा सरकारको ध्यानाकर्षण

काठमाडौँ । सांसदहरुले कर्णाली नदिमा भएको दुर्घटनामा समयमा उद्धार हुन नसकेको र मृतक र घाइतेको एकिन तथ्याङ्क सार्वजनिक नभएको भन्दै सरकारको ध्यानाकर्षण गराउनुभएको छ ।

प्रतिनिधि सभाको आजको बैठकमा सांसदहरुले सुर्खेतबाट कालिकोट जाँदै गरेको गाडी दैलेखमा कर्णाली नदिमा खसेर भएको दुर्घटनामा परेकाहरूको उद्धारका लागि ढिलाइ हुँदा नागरिकको ज्यान गएको बताउनुभयो ।

सांसदहरुले कर्णालीका नागरिकले सडकको दुरावस्थाका कारण सधैँ जोखिमको यात्रा गर्न बाध्य रहेको र  नागरिकले अकालमा ज्याउन गुमाउनु परिरहेको भन्दै कर्णालीमा सडक दुर्घटना न्यूनीकरण गर्ने योजना ल्याउन सरकालाई रुलिङ गर्न सभामुखसँग आग्रह गर्नुभयो ।

सांसदहरुले देशका विभिन्न भागमा आगलागीका समस्या बढिरहेको भन्दै आगलागी पीडितलाई राहतको व्यवस्था गर्न माग गर्नुभयो ।

सांसदहरुले सरकारले प्रतिबद्धता व्यक्त गरे अनुसार सुशासन, भ्रष्टाचार नियन्त्रण जनताले महशुस गर्न नसकेको, मंहगी बढिरहेको, सेवा प्रवाहमा अपेक्षित सुधार हुन नसकेको तथा जेनजी आन्दोलनमा भएको सहमति कार्यान्वयनमा सरकार गम्भीर बन्न नसकेको बताउनुभयो ।

यसैबीच, प्रतिनिधि सभाको आजको बैठकमा पनि प्रतिपक्षी दलका सांसदहरुले प्रधानमन्त्री बालेन्द्र शाहको अभिव्यक्ति सच्याउन माग गर्दै विरोध गर्नुभयो ।

प्रतिपक्षी दलका सांसदहरुले सीमा बारे प्रधानमन्त्री शाहको अभिव्यक्ति सच्याउन लामो समयदेखि प्रतिपक्षीले गरेको माग सरकारले नसुनेका कारण विरोध जारी राखेको बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button